Skip to content

चन्द्र ढकालको लगानी रहेको मौलाकालिका केबलकारले ९ करोड व्यापार गर्यो, करिब साढे एक अर्ब कर्जाको रेटिङ

nabil bank

काठमाडौं । नेपाल उद्याेग वाणिज्य बैंकका अध्यक्ष चन्द्र ढकालको लगानीमा सञ्चालनमा आएको नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका केबलकारले गत आवको ९ महिनामा ९  करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीले सन् २०२४ मा १० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, सन् २०२३ मा २ करोड ४० करुोड रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, गत आवको ९ महिनामा यस कम्पनीको कुल सञ्चालन आम्दानी (ओबिड्टा/ओई) ८३ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीको बर्सेनि बढ्दो छ । सन् २०२४ मा यस कम्पनीको यस्तो आम्दानी ७९ प्रतिशत रहेको थियो । सन् २०२३ मा यस्तो आम्दानी ६३ प्रतिशत रहेको थियो ।

यस कम्पनीले दीर्घकालीन ऋणका लागि १ अर्ब ४२ करोड १० लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीको ऋणलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल एल’ रेटिङ दिएको छ । २०१६ मा स्थापना भएको यो कम्पनी २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि सञ्चालनमा ल्याइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime