कलैया । जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवानाबापत दुई करोड दुई लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम संकलन गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल एक हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए । ती घटनामा ९३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए ।






प्रतिक्रिया दिनुहोस्