Skip to content
Prabhu

मंगलबार सुन ८ सयले बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?

 

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ ररुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal