काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । चाँदी आज २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्