काठमाडौं । नेपाली बजारमा शुकरबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी माहसंघले जनाएको छ ।
महासंघका अनु्सार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलमा २५रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्