Skip to content

वीरगञ्ज भन्सारद्वारा चालु आर्थिक वर्षको पहिलो महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन

nabil bank

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७.६८ प्रतिशत राजस्व संकलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

विभागले कार्यालयका लागि वार्षिक २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime