Skip to content

बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छः सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् ।

त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी ९पीएचडी०को अनुसन्धानबारेको छलफल कार्यक्रममा सीईओ जोशीले यस्तो बताए ।

उनले भने, ‘बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।’ नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।

‘बोर्डले विगतमा ‘रेजिलियन्स बिल्डिङ’, ‘रिभाइभल’ तथा ‘एग्रेसिभ मार्केटिङ’जस्ता रणनीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ’, उनले थपे ‘बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक छ ।’

बोर्डले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेसन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजनाहरू अघि सार्ने सीईओ जोशीले बताए । पर्यटन बजारमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको उनले उल्लेख गरे । यसका साथै सीईओ जोशीले डा अवालेको अनुसन्धानलाई सम्पत्तिको रुपमा राखिने र रणनीति बनाउन अध्ययन गरिनेसमेत बताए ।

डा. अवालेले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरीलगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गरे

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi