Skip to content

हेटौंडा उपमहानगरपालिकाले १ महिनामा उठायो ३ करोड ५० लाख राजस्व

बागमती । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत १ करोड ३३ लाख ८८ हजार रुपैयाँ, सम्पत्ति कर ४५ लाख ९९ हजार रुपैयाँ, घरबहाल कर ६५ लाख २० हजार रुपैयाँ, बहाल बिटोरी कर १६ लाख ४५ हजार रुपैयाँ, व्यवसाय कर ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा  एक करोड रुपैयाँले कम हो ।
आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार रुपैयाँ, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi