Skip to content

रिलायन्स कम्युनिकेसन र अनिल अम्बानीमाथि सिबिआईको कारबाहीबाट अपरेसन प्रभावित भएको छैन : रिलायन्स पावर

nabil bank

नयाँ दिल्ली । रिलायन्स कम्युनिकेसन्स लिमिटेड र उद्योगपति अनिल अम्बानीविरुद्ध सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) ले हालै गरेको कारबाहीले यसको व्यापार सञ्चालन, वित्तीय प्रदर्शन वा हिस्सेदारहरूमा कुनै असर नपरेको रिलायन्स पावर लिमिटेडले आइतबार प्रष्ट पारेको छ ।

नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सार्वजनिक गरिएको फाइलिङमा कम्पनीले भनेको छ, ‘रिलायन्स पावर लिमिटेड मिडिया रिपोर्टहरूमा प्रष्ट पार्न चाहन्छ कि रिलायन्स कम्युनिकेसन्स लिमिटेड र अनिल अम्बानीविरुद्ध सिबिआईले हालै गरेको कारबाहीले व्यापार सञ्चालन, वित्तीय प्रदर्शन, सेयरधनी, कर्मचारी वा अन्य कुनै पनि स्टेकहोल्डरहरूमा कुनै असर पारेको छैन ।’

सार्वजनिक डोमेनमा उपलब्ध विवरण र रेकर्डहरूले स्टेट बैंक अफ इन्डिया (एसबिआई) द्वारा दायर गरिएको उजुरी एक दशक पुरानो मामिलासँग सम्बन्धित रहेको देखाउँछ ।

त्यतिबेला अम्बानी रिलायन्स कम्युनिकेसनमा गैर–कार्यकारी निर्देशकको रूपमा मात्र संलग्न थिए । दैनिक व्यवस्थापनमा उनको कुनै भूमिका थिएन । उनले सन् २०१९ मा, अर्थात् छ वर्षअघि, कम्पनीको बोर्डबाट राजीनामा दिएका थिए ।

रिलायन्स कम्युनिकेसन हाल एसबिआईको नेतृत्वमा रहेको ऋणदाताहरूको समितिको व्यवस्थापनमा रहेको र समाधान व्यवसायीद्वारा निरीक्षण भइरहेको कम्पनीले उल्लेख गरेको छ ।

यो मुद्दा विचाराधीन अवस्थामा रहेको र राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण (एनसिएलटी) तथा सर्वोच्च अदालतसहितका अन्य न्यायिक फोरमहरूले विगत छ वर्षदेखि यसलाई विचाराधीन राखेका छन् ।

रिलायन्स पावरले आफू स्वतन्त्र रूपमा सूचीबद्ध कम्पनी भएको र यसको रिलायन्स कम्युनिकेसनसँग कुनै व्यापारिक वा वित्तीय सम्बन्ध नरहेको स्पष्ट पारेको छ । साथै अनिल अम्बानी साढे तीन वर्षभन्दा बढी समयदेखि रिलायन्स पावरको बोर्डमा नरहेको जानकारी दिइएको छ ।

त्यसैले रिलायन्स कम्युनिकेसनसँग सम्बन्धित कुनै पनि घटनाले रिलायन्स पावरको शासन, व्यवस्थापन वा सञ्चालनमा कुनै प्रभाव नपार्ने कम्पनीले जोड दिएको छ ।

कम्पनीले आफ्नो व्यापार योजनाहरूलाई कार्यान्वयनमा लैजानमा ध्यान केन्द्रित गरिरहेको र सबै हिस्सेदारहरूलाई मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

स्टेट बैंक अफ इन्डियाले दायर गरेको उजुरी १० वर्ष पुरानो मामिलासँग सम्बन्धित रहेको र यसबारे बैंकको दाबीलाई सक्षम न्यायिक फोरममा चुनौती दिइएको अनिल अम्बानीका प्रवक्ताले बताएका छन् ।

अनिल अम्बानीले सबै आरोपहलाई दृढ रूपमा अस्वीकार गर्नुभएको छ र आफ्नो रक्षा गर्ने बताउनुभएको छ । प्रवक्ताले भने, ‘एसबिआईले पाँच जना अन्य गैरकार्यकारी निर्देशकहरू विरुद्धको कार्यवाही फिर्ता लिसकेको छ, तर अम्बानीलाई विशेष रूपमा छनोट गरिएको छ ।’

यसअघि अनुसन्धान एजेन्सी सिबिआईले प्रेस नोटमार्फतस्टेट बैंक अफ इन्डिया, मुम्बईबाट प्राप्त उजुरीका आधारमा रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) मुम्बई, यसको निर्देशक अनिल अम्बानी, अज्ञात सरकारी कर्मचारी र अन्य अज्ञात व्यक्तिहरूविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको बताएको थियो । प्रेस नोटअनुसार यो मुद्दा २१ अगस्टमा दर्ता गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime