Skip to content

सुनको मूल्य एकै दिन १५ सयले बढ्याे, ताेलाकाे कति पुग्याे ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ५०० रुपैयाँ बढेको हो। सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime