Skip to content

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, १ तोलाको २ लाख ६०० रूपैयाँ पुग्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य  प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा २ लाखमाथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime