काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी २ हजार ४ सय ७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आतबारको बजारमा २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्