Skip to content

सुन-चाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा पछिल्लो चार दिनयता सुन-चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । गत शुक्रबारदेखि बढेको सुनको मूल्यमा मंगलबार पनि नयाँ रेकर्ड बनाएको हो ।

आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा यो तोलाको दुई हजार ४  सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime