Skip to content

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। ‘भित्र्याऔं खुशी र समृद्धि ‘हेप्स लेभल अप उइथ सीजी’ नारासहित सार्वजनिक गरिएको यो योजनाअन्तर्गत ग्राहकहरूले १ लाख ८१ हजार ९ सयसम्म क्यासब्याक, विशेष उपहार तथा बहुपक्षीय सुविधा पाउनेछन्।

कम्पनीले सार्वजनिक गरेको अफरअनुसार माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिकरटप लोड वाशिङ मेसिनमा एरियल ३ केजी, फ्रन्ट लोड वाशिङ मेसिनमा एरियल ६ केजी, डिस्वाशरमा निःशुल्क वाशिङ ट्याब्लेट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ।

त्यसैगरी, ४३ इन्च वा त्यसभन्दा माथिका सीजी तथा सीजी मेरिडिया टिभीमा ९ महिनाको नेट टिभी सब्सक्रिप्सन निःशुल्क पाउने व्यवस्था गरिएको छ। साथै, पुराना उपकरणहरूलाई उचित मूल्यमा बदल्ने सीजी एक्स–इलइक्स एक्सचेन्ज सुविधा र नागरिकता भएको ग्राहकका लागि शून्य प्रतिशत क्षएमअाइ सुविधा पनि उपलब्ध गराइनेछ।

सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘लेवल अप विथ सिजी’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।’

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी स्थानमा रहेको सीजी इलेक्ट्रोनिक्सले देशभर २० वटा आधुनिक शोरुम, २५ वटा आफ्नै सेवा केन्द्र तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

सीजीका अनुसार, यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरका सबै शोरुम र अधिकृत विक्रेताहरूमा सीमित अवधिका लागि मात्र लागू हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi