Skip to content
Prabhu

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सो जग्गामा संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो। अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटी बताए  ।

बिहीबार सीआइबीमा बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको थियो। यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो।

२०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ। नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो।

लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेको गृह मन्त्रालयले जनाएको छ। अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।

यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना

नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।

नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।

नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।

नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।

नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।

नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।

नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।

नेपाल बाल संगठनका तत्कालिन महासचिव राम काजी कोने ।

नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।

नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।

वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal