Skip to content

देउकुमारको कृषि फार्ममा ३० लाखको रायोको साग

झापा । भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् ।

‘दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ”, लिङ्देनले भने, ‘बजारमा प्रतिकेजी रु एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपाली मनग्य आम्दानी होला जस्तो छ ।’
उनले यस सिजनमा मात्र ३० लाखको साग बिक्री गर्ने लक्ष्य सुनाए । ‘लगानी र खर्च कटाएर १० लाख रुपैयाँ नाफा हुन्छ भन्ने आशा छ’, लिङ्देनले भने, ‘गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट १८ लाख रुपैयाँ आम्दानी भएको थियो ।’

वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्कनु भएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले विसं २०७३ मा लिङ्देन कृषि फार्म सुरु गर्नु भएको थियो । त्यसयता उहाँले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् ।

लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषिथोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछापालनसमेत गरिरहेको बताए । सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा सागसब्जी र फूलखेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ ।

भद्रपुर–१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् । ‘सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कट्ठाबाट साग उत्पादन सुरु गरेको थिए । उत्पादन र त्यसको मागसमेत राम्रो भएपछि खेती बढाएर एक बिघामा बिस्तार गरेको हुँ । मौसमीभन्दा बेमौसमी खेतीबाटै फाइदा लिइरहेको छु”, लिङ्देनले भने।

कात्तिक–मङ्सिरमा अरुले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन–भदौ महिनामै बमौसमी साग उत्पादन गर्दै आएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi