Skip to content

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँ थियो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ हजार ५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको दुई हजार ५ सय ६५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime