Skip to content

जेनजी आन्दोलनले नेपाललाई एफएटिएफको ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सहयोग पुग्छः अर्थशास्त्री खतिवडा

nabil bank

काठमाडौं । अर्थशास्त्री शमिर खतिवडाले पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनले देशलाई एफएटिएफको ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सहयोग पुग्ने बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वर्तमान अवस्थामा अर्थतन्त्रको चुनौती र अबको बाटो सम्बन्धमा आयोजित भर्चुअल छलफलमा यस्तोे बताएका हुन् । नेपालमा जेनजीले गरेको आन्दोलन भ्रष्टाचारविरुद्धको भएको उल्लेख गरे ।

‘अहिलेको भ्रष्टाचारको विरुद्धमा भएको आन्दोलन हो’ उनले भने, ‘यसले नेपाललाई एफएटिफको ग्रे लिस्टबाट बाहिर निस्कन सहयोग गर्न सक्छ ।’ भ्रष्टाचारको विषयमा यस्तो आन्दोलन यसअघि नभएको उनले उल्लेख गरे । अब हुने गतिविधिले यसलाई सहयोग गर्ने उनको भनाइ छ ।

खतिवडाले अलिहेको अवस्थालाई कोर्ष करेक्सनको बाटोको रुपमा लिनुपर्ने सुझाव दिए । छलफलमा खतिवडाले अब निजी क्षेत्र आन्तरिक तथा बाह्य रुपमा प्रतिस्पर्धामा जान सक्नुपर्नेमा जोड दिए । ‘नेपालबाट निर्यात गर्नका लागि बाहिरका कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक छ’ उनले भने ‘हाम्रो उत्पादनको क्वालिटी चाहिन्छ ।’ कानुनी रुपमा हामी सक्षम रहेको उल्लेख गरे ।

खतिवडाले यो आन्दोलनले निजी क्षेत्रले धेरै असर भोग्नु परेको उल्लेख गर्दै यसबाट निजी क्षेत्रले गर्नुपर्ने योगदान अझै बढाउन सक्ने सम्भावना रहेको तर्क गरे । अहिलेको आन्दोलनले भएको क्षतिपछि हामी अब यति वर्ष पछि पर्यौ भनेर भन्नु भन्दा पनि तत्काल पुनर्संरचनामा जानुपर्ने उनको सुझाव छ ।

खतिवडाले अहिलेको परिस्थितीका कारण नेपालमा पर्यटनको संख्या घट्ने, पर्यटन क्षेत्रबाट आउने राजस्व कम हुनेको चिन्ता व्यक्त गर्दै यसमा ध्यान दिन सरोकारवालाई आग्रह गरे । उनले छलफलमा यस्ता घटनाले नेपालमा आउन लागेको वैदेशिक लगानी कम हुँदै जाने तर्फ सचेत गराए ।

यसअघि पनि लगानी कम आउने गरेको र अब पनि झन कम हुने सम्भावना रहेको उनको बुझाइ छ ।

छलफल कार्यक्रममा पूर्वसचिव रामेश्वर खनालले अहिलेको भन्दा बढी क्षति भूकम्प र कोशीको बाढीले पुर्याएको स्मरण गरे । नेपालमा हुने प्रत्येक क्षतिपछि छिटै रिकोभर हुने मुलुकमा हामी पर्ने गरेको उनको भनाइ छ ।

खनालले अबको सरकारले निर्वाचन, शान्ति र द्रुत गतिमा पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । माओवादीको द्वन्द्वमा ३९ उद्योगमा क्षति भएको र त्यसको तुलनामा अहिले कम क्षति भएको उनको भनाइ छ ।

‘अहिले धेरै क्षति सरकारी संरचनामा भएको छ’ उनले भने त्यसको तुलनामा निजीमा कम भएको छ । हुँदै नभएको भने होइन ।’ निजी क्षेत्रको क्षति बीमाले कभर गर्छ ।
उनले अब सरकारले छरिएर रहेका पूर्वाधारमा लगानी गर्नुभन्दा पनि निश्चित क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए । पूर्वाधारमा लगानी गर्नका लागि विदेशीको सहयोग माग्न नहुने सुझाव दिए ।

नेपालमा कृषि क्षेत्रमा असर परेको छैन, सेवा क्षेत्रमा केही एटिएम बाहेक धेरै असर परेको छैन । पर्यटनमा केही बुकिङ रद्द भएपनि डराउनुपर्ने अवस्था नरहेको बताए । यो अवधिमा रावस्व संकलनमा भने समस्या हुने बताए । अब बिगत खोतल्दै बस्ने हो भने समस्या जटिल हुने धारणा राखे ।

सरकारले भ्रष्टाचारीलाई समाउँदै गर्नुपर्ने कामलाई पनि निरन्तरता दिनुपर्ने बताए । भ्रष्टाचारको विषयमा मुलुकभर मान्छे लाग्नु भनेको सकारात्मक विषय भएको उनको भनाइ छ ।

नेपालको पछिल्लो राजनीतिक घटना क्रमले पर्यटकलाई असर नपर्ने, पर्यटकीय रुटमा असर परेको छैन । ट्राभल एडभाइजरी धेरै देशले जारी नगरेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime