काठमाडौं । पुर्वअर्थसचिव रामेश्वर खनाल नयाँ सरकारको अर्थमन्त्री बन्ने करिब निश्चित भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको बताइएको छ ।
यसअघि सरकारले उनै खनालको संयोजकत्जमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाएको थियो । खनालले सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् ।
आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन तयार पार्दै सरकारलाई अर्थतन्त्र सुधारका नीतिगत सुझाव दिएको थियो ।
प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई मन्त्री बनाउने सम्भावना रहेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्