Skip to content
Prabhu

नयाँ पुस्तक ‘फ्याक्ट्स् अफ नेपाल २०२४’ सार्वजनिक

 

काठमाडौं । नयाँ पुस्तक ‘फ्याक्ट्स् अफ नेपाल २०२४’ सार्वजनिक भएको छ । तथ्य अनुसन्धान र विश्लेषण प्रालिले आफ्नो अन्तर्दृष्टिपूर्ण नयाँ पुस्तक फ्याक्ट्स अफ नेपाल २०२४ सार्वजनिक गरेको हो ।

पुस्तकमा आर्थिक, कर्पोरेट, सामाजिक, विकास र राजनीतिकलगायतका २४ वटा विषयवस्तुहरू समावेश गरी विस्तृत जानकारी प्रदान गरिएको छ । आजको डाटा सञ्चालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि यो पुस्तक आवश्यक स्रोत हुने देखिएको छ ।

पुस्तकले सबै पृष्ठभूमिका व्यक्तिहरूलाई पहुँचयोग्य बनाउँदै पाठकहरूको दैनिक जीवनमा प्रभावकारी रूपमा डाटा साक्षरताको लागि स्पष्ट र आकर्षक दृष्टिकोण प्रदान गर्ने छ । ५ सय रुपैयाँ पर्ने उक्त पुस्तक तथ्य अनुसन्धान र विश्लेषण प्रालिको कार्यालयमा ३० प्रतिशत छुटमा उपलब्ध छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal