Skip to content

‘हामी नेपाल’ र सुदन गुरुङसँग इन्फिनिटी होल्डिङ्स तथा शंकर ग्रुपको कुनै सम्बन्ध छैन

nabil
global ime

काठमाडौं । इन्फिनिटी होल्डिङ्स तथा शंकर ग्रुपले ‘हामी नेपाल’ र सुदन गुरुङसँग कुनै सम्बन्ध नभएको भन्दै सयुक्त प्रेस विज्ञेप्ती जारी गरेको छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै यस ग्रुपले बिभिन्न मिडिमा आएका ‘हामी नेपाल’ र सुदन गुरुङसँगको सम्बन्धको बारेमा खण्डन गर्दै आफुहरु उक्त संस्था तथा व्यक्तिसँग कुनै सम्बन्ध नरहेको जानकारी दिएको हो ।

‘यस परिवर्तनपछि केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग शंकर ग्रुपले हातेमालो गरेको थियो । ‘उक्त समयमा हजारौं विपत्तिमा परेका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ ।’ विज्ञप्तीमा भनिएको छ ।

कोरोना महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको विज्ञेप्तीमा उल्लेख छ । उक्त समयमा कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उनीहरुलाई परिचालन पार्टनर छनौट गरेको थियो। हाल उक्त संस्थासँग शंखर ग्रुपको कुनै सहकार्य नभएको समेत स्पष्ट पारेको छ।

ग्रुपले उक्त बेला सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेको पैसाले सहयोग गरेको जनाएको छ । यसैगरी, उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर सहयोग गर्ने संस्थाका लोगोहरु प्रयोग गरिएको जानकारी दिएको छ । त्यसपछि उक्त संस्था तथा व्यक्तिसँग कुनै पनि सहकार्य नरहेको ग्रुपले जनाको छ ।

यसैगरी, ग्रुपले जन–जेड समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको जानकारी दिएको छ । ‘यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’ बिज्ञप्तीमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima