काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा छापावाला सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाइ बनाउँदै बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्