Skip to content

व्यवसायीको मनोबल बढाउँदै अर्थमन्त्रीः जेनजी आन्दोलनले आगजनी गरेको भाटभटेनी, गाडी शोरुम पुगेर भने तपाईंहरूको साथमा छु

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भाटभटेनी तथा गाडी शोरुम पुगेर व्यवसायीहरुलाई सान्त्वना दिएका छन्। उनले थापाथलीका गाडी स्वरुम तथा कोटेश्वरस्थितको भाटभटेनी लगायतका जलेका भवनको अवलोकन गरेका छन् ।

‘उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ,’ भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi