काठमाडौं । जेनजी आन्दोलनमा भदौ २३ र २४ गते आन्दोलानकारीले क्षतिग्रस्त बनाएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा गैरआवासीय नेपाली संघले सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
संघले भग्नावशेषहरूको अवलोकन सुरु गरेको छ । संघले भदौ ३१ गते संघीय संसद भवनको अवलोकन गरेको छ ।
संघकी उपाध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले संसद भवनमा आगजनीबाट भएको क्षतिको प्रत्यक्ष निरीक्षण गरेको हो ।
टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरू र कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
संघले आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिको मूल्यांकन गर्दै प्रभावित संरचनाहरूको पुनःनिर्माणमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्नेछ।






प्रतिक्रिया दिनुहोस्