Skip to content

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैनः महामन्त्री थापा

महामन्त्री थापा काठमाडौँ २८ वैशाख ःप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापा संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए ।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पारे । “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन ।

यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो’, उनले भने । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो ।

सांसद थापाले भनाइ राख्नु भएपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुगेका थिए। त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life