काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बजारमा सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ४० रुपैयाँले बढेर आज २ हजार ६२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबार बजारमा चाँदी २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्