काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारबाट २ अर्ब ७५ करोड ९० लाख ६८ हजार ५२५ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सेयर बजारबाट उक्त रकम लाभकर संकलन भएको हो ।
सिडिएससीका अनुसार साउन महिनामा सेयर बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । भदौ महिनामा भने ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
साउनमा व्यक्तिगत तर्फका दीर्घकालीन रुपमा कारोबार गर्ने लगानीकर्ताले ६५ करोड २ लाख ५९ हजार ८६९ रुपैयाँ, अल्पकालीन कारोबारी लगानीकर्ताले १ अर्ब २१ करोड ४१ लाख ४२ हजार ५९६ रुपैयाँ तथा संस्थागत लगानीकर्ताले २९ करोड ३१ लाख ६६ हजार ५९४ रुपैयाँ राज्यलाई पुँजीगत लाभकर तिरेका छन् ।
भदौमा व्यक्तिगत तर्फका दीर्घकालीन रुपमा कारोबार गर्ने लगानीकर्ताले २० करोड ८१ लाख ६५ हजार ९७८ रुपैयाँ, अल्पकालीन कारोबारी लगानीकर्ताले ३२ करोड ८८ लाख ३८ हजार ९१० रुपैयाँ तथा संस्थागत लगानीकर्ताले ६ करोड ४४ लाख ९४ हजार ५७६ रुपैयाँ राज्यलाई पुँजीगत लाभकर तिरेका छन् ।
सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेर एक वर्ष भन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय समय राखेर बिक्री गरेमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ ।






प्रतिक्रिया दिनुहोस्