Skip to content

अर्थमन्त्री खनाल र आईएमएफका नेपाल मिशन प्रमुख सरावतबीच भर्चुअल वार्ता

nabil bank

काठमाडौं । अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिशन प्रमुख जहान सरावतबीच भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठकमा मिशन प्रमुख सरावतले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरे ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।

हालै जेन्जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनका क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए । मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने जानकारी गराए ।

त्यस अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा कार्यान्वयन भैरहेको विस्तारित कर्जा सुविधाकार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड बैठकमा पेश गर्ने विषयमा छलफल भयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिशन प्रमुख जहानले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime