Skip to content

नियामक निकाय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले घुस मागे सिधै अर्थ मन्त्रालयमा सम्पर्क गर्न सकिने

काठमाडौं । अर्थ मन्त्रालय मातहतका कुनै निकायले घुस मागे वा समयमा नै काम नगरेको खण्डमा मन्त्रालयमा सिधै गुनासो गर्न सकिने भएको छ ।

त्यसका लागि मन्त्रालयले उपसचिव र शाखा अधिकृतलाई सम्पर्क गर्न सकिने व्यबस्था गरेको छ । मन्त्रालयले गुनासो व्यवस्थापन सम्बन्धी जानकारी लिनका लागि यस्तो ब्यबस्था गरेको जनाएको छ ।

‘अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा ईमेलः र हटलाइन (टोलफ्री) नम्वर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi