Skip to content

स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका–३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सवका अवसरमा आज स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्द्धनमा जोड दिए बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । ‘ठूलो रोग लागे गरिबीमा फस्ने अवस्था छ, स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो’, उनले भने ।

उनले स्थानीय सरकारले प्राथमिक स्वास्थ्य र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नतर्फ ध्यान दिन पनि आग्रह गरे । नागरिकले पनि स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलीयत दरमा औषधिको व्यवस्था गर्ने उद्देश्यले स्थापना भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life