Skip to content

३१३ केजी गाजासहित एक पक्राउ

धरान । धरान उपमहानगरपालिका–८ बाट ३ १३ गाजासहित एक जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्की सो परिमाणको गाजासहित पक्राउ गरेको हो ।

धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए।

उनले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi