काठमाडौं । स्थानीय तहको संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रणाली तीन दिनसम्म सुस्त रुपमा सञ्चालन हुनेछ ।
केही पालिकाहरुले बिहान ७ बजेदेखि नै कर संकलन कार्य गरेको, बिहान र बेलुका प्रणाली अति राम्रो भएको सुत्र प्रणाली मर्मत एंव साना साना क्षमता बढाउने कार्य भईरहेको, इएफटी सर्भरमा क्षमता बढाउने काम भइरहेको हुँदा असोज ७ देखि १० गतेसम्म सुत्र प्रणाली सुस्त हुने
महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
भदौ २४ गतेदेखि करिब एक सातासम्म देशको असहज वातावरणका कारण प्रणाली बन्द भएपछि हाल सबै निकायहरूले एकैपटक प्रयोग गर्न थालेपछि प्रणालीमा अत्याधिक चाप परेको हो ।
कार्यालयले जनाएको छ कि महानचाड बडा दशैंको समय भएकाले खर्च र निकास सम्बन्धी काम बढी भएको, लेखापरीक्षणका काम भइरहेका पालिकाहरूमा प्रतिवेदन तयारीको चाप बढेको र कर छुट अवधिका कारण कर तिर्ने करदाताको संख्या एक्कासी बढ्दा प्रणालीमा थप चाप परेको हो । सीमित क्षमता भएकाले एकैपटक सेवा प्रवाह गर्न गाह्रो भइरहेको महालेखा कार्यालयले बताएको छ ।
बिहान र बेलुका प्रणाली राम्रोसँग चल्ने भए पनि दिउँसो ११ देखि ३ बजेसम्म प्रयोगकर्ता बढी हुने भएकाले प्रणाली सुस्त हुने समस्या देखिएको छ । अहिले सुत्र प्रणालीको मर्मत र क्षमता विस्तारको काम भइरहेको छ भने इएफटी सर्भरमा समेत क्षमता बढाउने कार्य भइरहेको जानकारी दिएको छ ।
कार्यालयले प्रणाली विस्तारका लागि विदाको दिन र कार्यालय समय बाहिर समेत प्राविधिक सुधारको काम भइरहेको उल्लेख गर्दै सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमा याचना गरेको छ ।






प्रतिक्रिया दिनुहोस्