Skip to content

बुद्धएयरले पुनः काठमाडौं–कलकत्ता उडान गर्दै, सातामा ३ उडान हुने

काठमाडौं । बुद्ध एयरले कात्तिक २ गतेबाट काठमाडौं–कलकत्ता पुनः उडान गर्ने भएको छ।

बुद्धले यसअघि २०७६ साल वैशाख २ बाट कलकत्ता उडान सुरु गरेको थियो। तत्कालीन समयमा कोभिडका कारण यो गन्तव्यमा उडान स्थगन भएको थियो। बुद्धले एटीआर ७२ जहाजमार्फत् साताको आइतबार, मंगलबार र बिहीबार गरी सातामा तीन उडान गर्ने बताएको छ।

उक्त कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कलकत्ताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ। यस रूटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ। यो गन्तव्यका लागि एकतर्फी भाडादर १३ हजार ३५३ तोकेको छ।

बुद्धले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणका लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको छ।

नेपाली यात्रुलाई कलकत्ता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगा सागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन्। यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ।

बुद्धले देशका विभिन्न भागमा दिनहुँ ७० बढी उडान गरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्धले भारतको वाराणसीमा पनि सातामा तीन उडान गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi