Skip to content

अल्ट्राबाइटले १ वर्षका लागि १३ जनालाई ‘अल्फाअक्टो’को सब्सक्रिप्सन नि:शुल्क दिने

काठमाडौं । आईटी कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा.लि.ले स्थापनाको ११ वर्ष पूरा गरेको अवसरमा १२ महिनाका लागि १३ जनालाई नवीनतम बिजनेस अटोमेसन सिस्टम अल्फाअक्टोको नि:शुल्क सब्सक्रिप्सनको योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ११ वर्षको व्यावसायिक यात्रा पूरा गरेको अवसरमा यो योजना सार्वजनिक गरेको हो ।

अल्फाअक्टो अल्ट्राबाइटले विकास गरेको एउटा डिजिटल प्लेटफर्म हो । जसले सबै प्रकारका व्यवसायका लागि सिएमआर, एचआर म्यानेजमेन्ट, लिड म्यानेजमेन्ट सिस्टम,  अप्वाइन्टमेन्ट सिस्टम जस्ता सुविधा प्रदान गर्दै आएको छ । यसले विभिन्न स्रोतबाट तथ्यांक संकलन गरेर विश्लेषण गर्छ । त्यसपछि एसएमएस, इमेल  र टेलिमार्केटिङ मार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँने कम्पनीको दाबी छ । जसमा फलोअप, एचआर र पेरोलको पनि सुविधा रहेको छ। निशुल्क सब्सक्रिप्सन लिंक मार्फत् लिन सकिन्छ।

अल्फाअक्टो डटकमसँगै एजुकेसनडाइट डटकम र पेजअटर डटकम मार्फत् सेवा विस्तार गरेको कम्पनीले एसईओ, वेब डिजाइन तथा डेभलेपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अग्मेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टसहितको क्रिएटिभ सेवा दिँदै आएको छ ।

नेपालका ५ सय बढी व्यावसायिक संस्थाका वेबसाइट, सफ्टवेयर तथा एपहरु निर्माण तथा त्यसको सेवामा अनवरत लागि रहेको कम्पनीले विशेष गरी शैक्षिक परार्मश दाता, ट्राभल, ट्रेकिङ कम्पनी, हाइड्रोपावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुमा उत्कृष्ट पहुँचका साथ काम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताउँछन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T