Skip to content
Prabhu

बन्दीपुर गाउँपालिकाद्वारा किसानलाई मौरीसहितको घार अनुदानमा

तनहुँ । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।

किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए ।

वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने, ‘वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौं । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ ।’ उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal