Skip to content

जेनजी आन्दोलनः सरकारले स्थापना गर्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, सहयोग गर्न स्वदेशी तथा विदेशी संघ संस्थालाई आग्रह

nabil
global ime

काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार कोष स्थापना गरेको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो ।

मन्त्रालयले कोषमा संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह,निजी क्षेत्र,स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्च कट्टी गर्न पाइने जनाएको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T