Skip to content

ताजमहलः भारतको सबैभन्दा बढी भ्रमण गरिने स्मारक, १ वर्षमै ६९ लाख आगन्तुक

nabil bank

नयाँ दिलली । प्रेमको प्रतीकका रूपमा विश्वप्रसिद्ध ताजमहल भारतको सबैभन्दा धेरै भ्रमण गरिने पर्यटन गन्तव्य बनेको छ ।

वित्तीय वर्ष २०२४–२५ मा यस स्मारकले ६९ लाख आगन्तुकलाई आकर्षित गरेको सङ्घीय पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो भारत पर्यटन डाटा कम्पेन्डियममा जनाइएको छ । तीमध्ये ६२ लाख ६० हजार घरेलु पर्यटक र करिब ६ लाख ४५ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ ।

सत्रौं शताब्दीमा निर्मित यो हात्तीको दाँत जस्तै सेतो सङ्गमर्मरको भव्य समाधि स्थल मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा निर्माण गरेका थिए । यस भव्य कृतिमा सम्राट शाहजहाँकै समाधि पनि अवस्थित छ ।

पर्यटन मन्त्रालयका अनुसार ताजमहल एक दशकभन्दा बढी समयदेखि भारतमा सबैभन्दा बढी राजस्व आर्जन गर्ने र सर्वाधिक भ्रमण हुने स्मारक बनेर अग्रस्थान कायम राख्दै आएको छ ।

विश्व सम्पदा सूचीमा दर्जा प्राप्त ताजमहलले आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका कारण प्रत्येक वर्ष लाखौं आगन्तुकलाई निरन्तर आकर्षित गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime