Skip to content

आन्तरिक हवाई उडानको भाडादर दसैं सकिएपछि सार्वजनिक, कहाँको कति ?

nabil bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर बिहीबार सार्वजनिक गरेको हो। परिवर्तित भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५ सय ७९ रुपैयाँ तोकिएको छ।

त्यस्तै काठमाडौं–विराटनगरको ९ हजार ७ सय ८५, काठमाडौं–भरतपुरको ४ हजार ६ सय ४३, काठमाडौं–भद्रपुरको १२ हजार १ सय १२ रुपैयाँ भाडादर तोकिएको छ।

काठमाडौं–पोखराको ६ हजार ६ सय ३५, काठमाडौं–नेपालगञ्जको १३ हजार १ सय ३, काठमाडौं–सिमराको ३ हजार ९ सय ७८, काठमाडौं–भैरहवाको ८ हजार ४ सय ६१, काठमाडौं–राजविराजको ८ हजार २ सय १०, काठमाडौं–सुर्खेतको ९ हजार ३० र काठमाडौं–तुम्लिङटारको ७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ। यसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी, टिकट बिक्रेताहरूलाई अनुरोध पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime