Skip to content

मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फ सम्पूर्ण उडान रद्द

काठमाडौँ । लगातारको खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आजका सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको छ। भिजिबिलिटी अत्यन्त न्यून रहँदा विमानस्थल सञ्चालन असम्भव बनेको अधिकारीहरूले बताएका छन्।

मौसममा सुधार नआएकाले विमानस्थलमा अवतरण तथा उडान दुबै रोकिएका छन्। नेपाल आउने अन्तर्राष्ट्रिय उडानहरू लखनउ, बनारस र ढाका तर्फ डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

उडान स्थगित भएका यात्रुहरूलाई आफ्नो टिकट रिसेड्युल वा रिफन्डका लागि सम्बन्धित ट्राभल एजेन्सी, पोर्टल वा विमान कम्पनीका कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

विमानस्थल प्राधिकरणले मौसम सुधार हुने बित्तिकै पुनः उडान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। यात्रुहरूलाई धैर्य र सतर्कता अपनाउन आग्रह गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi