Skip to content

नेपाल उद्योग वाणिज्य महासंघले भन्यो, विराटनगर भन्सारको डेटावेस प्रणालीको उपयोग गर्न आग्रह

nabil bank

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले विराटनगर भन्सार कार्यालयबाट सुरु भएको डेटावेस प्रणालीको उपयोग गर्न आग्रह गरेको छ । बहुप्रतिक्षित मूल्यांकन डेटाबेस प्रणालीको सफल परीक्षण गरिएसँगै महासंघले त्यसको उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल पाइलटका रुपमा सुरु भएको मूल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरेका हुन् । सबै भन्सार विन्दुमा उक्त सेवा सुरु गर्न सरकारसँग मागसमेत गरे ।

अनलाइन डेटावेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्युनबिजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापितगरी विश्व व्यापार संगठन अन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मूल्यांकन विधि नेपालमा पहिलोपटक सुरु भएको थियो ।

यही असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको उद्घाटन गरेका थिए । हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मुल्य पहिचान गर्न सहयोग पुग्दछ ।

व्यवसायीहरुले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मुल्यांकन डाटावेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो । महासंघले ग्याट भ्यालुएशन अनुसार अनलाइन मूल्यांकन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएको थियो ।

मूल्य निर्धारण डब्ल्यूटीओरग्याट भ्यालुएसन आर्टिकल ७ मा उल्लेखित विधिहरूको पूर्ण पालना गरी सोअनुरूप कारोबार मूल्य निर्धारण गर्नुपर्ने माग महासंघको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime