काठमाडौं । सोमबादेखि नेपाल वायुसेवा निगमले चार्टर्ड उडान गर्ने भएको छ । भोलि दिउँसो १ बजे काठमाडौंदेखि भैरहवा जाने र २ः४५ बजे भैरहवाका यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
काठमाडौंबाट भैरहवा जान पाँच हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं फर्कन सात हजार रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले सडक यातायात सहज नभएको र दसैंपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने तयारी गरेको जनाएको छ । विशेषगरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर्ड गर्ने तयारीमा निगम लागेको छ ।







प्रतिक्रिया दिनुहोस्