Skip to content

पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेको १ अर्ब ६४ करोडको दमककाे भ्यु टावरमा २५ करोडको क्षति (फाेटाे फिचर)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक– ३ स्थित भ्यु टावरमा साढे २५ करोडको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिए। १ अर्ब ६४ करोड खर्चेर बनाएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।

२३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्यु टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।

 

१८ तले भ्यु टावरको सबै सिसा फुटाएको , भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो । जान सक्ने अवस्था पनि नभएको भ्यु टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन ।

सर्वसाधारणका लागि सउनदेखि खुल्ला गरिएको भ्यु टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको, पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिय भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो , सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए ।

तस्बिरः नेपाल फोटो लाइब्रेर

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi