काठमाडौं । पर्यटक आगमनको दृष्टिकोणले यो मौसमलाई निकै आकर्षक मानिन्छ । अहिलेको मौसम भनेको पर्यटकका दृष्टिकोणले मुख्य सिजन नै हो ।
नेपालमा भने मुख्य सिजनमा नै पर्यटकको आगमनको संख्या ह्वात्तै घटेको छ । यो वर्षको सेप्टेम्बरमा हवाई मार्ग हुँदै ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन् ।
यो संख्या गत सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशतले थोरै हो । गत सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । नेपालमा भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका कारण नेपालमा आउने पर्यटकको संख्या घटेको हो ।
आन्दोलनका कारण नेपालमा आउन लागेका धेरै पर्यटकले गरिसकेको होटल बुकिङ पनि रद्द गरेका थिए । आन्दोलनका क्रममा कतिपय होटलमा तोडफोड तथा आगलागी भएका छन् । पर्यटक बसेका होटलमा आगलागी हुँदा पर्यटक आगमन घट्ने व्यवसायीहरुको तर्क छ । अष्ट्रेलिया र न्यूजिल्याण्डबाट नेपालमा आउने पर्यटकको संख्या बढेको छ । बाँकी देशबाट आउने पर्यटकको संख्या घटेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नेपालमा आएका पर्यटकमध्ये १९.८ प्रतिशत हिस्सा भारतीयको रहेको छ । बंगलादेश ३.८ प्रतिशत, भुटान, १.१ प्रतिशत, श्रीलंकाबाट आउनेको संख्या ५.९ प्रतिशत रहेको छ ।







प्रतिक्रिया दिनुहोस्