Skip to content

रामेछाप–काठमाडौं रुटमा सातामा ३ दिन उडान हुने

nabil bank

मन्थली । आजदेखि रामेछाप–काठमाडौं रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सीता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् ।

केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो ।

मन्थलीबाट बीपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौंको दूरी करिब २०० किमी छ । अबदेखि प्रत्येक बुधबार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime