काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनमा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिने भएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज उक्त कुरा जानकारी गराएका हुन् । उनका अनुसार जेनजी आन्दोलनमा सहिद भएका परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने छ ।
‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ’ उनले भनेका छन् ‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’
उनले आफ्नो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गरिरहेको जनाएका छन् । यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्यालको मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेका छन् ।
उक्त आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको समेत जनाएका छन् ।
‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ’ उनले भनेका छन् ‘यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ ।’






प्रतिक्रिया दिनुहोस्