Skip to content

सुनचाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बनारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २०० सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन यही सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime