Skip to content

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १२ करोडभन्दा धेरैको बियो दाबी

nabil bank
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको छ । अख्तियारको अनुसन्धानले  एमआरआई मेसिन खरिदमा घोटाला गरेको भेटेको थियो।
उक्त प्रकरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
यसैगरी, सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोस्ट राज ज्ञवालीसहितलाई बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi