Skip to content

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टले एक वर्षमा गर्यो करिब ५ करोडको व्यापार

nabil bank

काठमाडौं । सर्वसाधारणलाई आईपीओ ल्याउने तयारीमा रहेको नगरकोट रिसोर्टले गत आर्थिक वर्षमा करिब ५ करोड रुपैयाँको कारोबार गरेको छ । यस रिसोर्टले गत आवमा ४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

रिसोर्टले सन् २०२४ मा २ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१७ मा स्थापना भएको रिसोर्ट सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । नगरकोट रिसोर्टले आईपीओ ल्याउने तयारी गरिरहेको छ ।

रिसोर्ट सन् २०२४ को अप्रिलदेखि २४ कोठाबाट दिइरहेको रिसोर्टले ७५ वटा कोठाको क्षमताको भवन निर्माण गरिहेको छ । सम्पूर्ण निर्माण सम्पन्न भएपछि रिसोर्टले लक्जरियस सुविधा दिने योजना लिएको छ । यस रिसोर्टमा निजी बाथरुम, एयर कन्डिस्निङ र आधुनिक सुविधा हुने कम्पनीले जनाएको छ । रिर्सोटको प्रत्येक कोठामा बालकोनी र टेरेसमा बगैंचा, स्वीमिङ पुल र हिमालको मनोरम दृश्य देख्न पाइने व्यवस्था पनि गरिएकोछ ।

कम्पनीले ८० करोड १० लाख रुपैयाँ लगानी गरी रिसोर्ट निर्माण गरिरहेको हो । जसमा लगानीको अनुपात २५÷७५ राखेको छ । कम्पनीअनुसार २० करोड १० लाख रुपैयाँ कर्जाबाट लगानी गर्ने र ६० करोड रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने भएको छ । कम्पनीले कर्जाका लागि सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ । साथै, ६० करोड रुपैयाँ लगानी पनि जुटाइसकेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime