Skip to content

सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर सार्वजनिकः क्यासब्याक र बम्पर उपहारको वर्षा

nabil bank

काठमाडौं । सामसङ नेपालले तिहार लक्षित ‘तिहारको मुड, सबै गुड’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले देशभरका सामसङका अधिकृत विक्रेताबाट टिभी, फ्रिज र वाशिङ मेसिन खरिद गर्दा आकर्षक छुटसँगै रोमाञ्चक ‘लक्की ड्र’मार्फत साप्ताहिक तथा बम्पर उपहार जित्ने पाउनेछन्।

यो अफर असोज २६ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। अफर अवधिभर ग्राहकले सामसङका अत्याधुनिक टिभी, फ्रिज र वासिङ मेसिनमा विशेष क्यासब्याक सुविधा र नयाँ मोडलहरूमा छुट पाउने छन्।

सामसङका अनुसार टिभी खरिदमा ३५ प्रतिशत, फ्रिज खरिदमा १९ प्रतिशत र वासिङ मेसिन खरिदमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने छ। त्यस्तै, एक्सचेन्ज बोनसअन्तर्गत टिभी खरिदमा ५ हजारसम्म, फ्रिज खरिदमा ६ हजारसम्म र वाशिङ मेसिनमा ७ हजारसम्म पाइने छ।

क्यासब्याक तथा बोनसका साथै सामसङ ग्राहकलाई साप्ताहिक तथा बम्पर पुरस्कार पनि दिने भएको छ। साप्ताहिक पुरस्कारअन्तर्गत टिभी खरिदमा साउन्डबार, फ्रिज र वाशिङ मेमिन खरिदमा २३ लिटर माइक्रोवेभ ओभन जित्न सकिने छ। त्यस्तै, बम्पर पुरस्कारअन्तर्गत टिभी खरिदमा ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज खरिदमा ९ किलो फ्रन्ट लोड वासिङ मेसिन र वासिङ मेसिन खरिदमा ६५ इञ्च युएचडी टिभी पाइने छ।

ग्राहकहरूले खरिद गरेको उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर लक्की ड्रमा भाग लिन सक्नेछन्। सामसङले ग्राहकको सहजताका लागि शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime