काठमााडैं । अर्थविद् नरबहादुर थापाले नोटबन्दी नेपालको हकमा सान्दर्भिक नरहेको बताएका छन् ।
नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले यदी नेपालमा नोटबन्दी भयो भने हालै भएको जेनजी आन्दोलनभन्दा बढी क्षति हुने आशंका व्यक्त गरे ।
उनले भने, ‘जेनजी आन्दोलनले राज्यलाई परास्त गर्यो । यदि नोटबन्दी भयो भने त्यसभन्दा पनि विकराल अवस्था आउनेछ । नोटबन्दीले समस्या समाधान हुँदैन । त्यसो भयो भने झन् भयावह अवस्था आउँछ ।’
उनले नोटबन्दीका लागि मुलुकमा बलियो सरकार हुनुपर्ने तर्क गर्दै बलियो सरकार र त्यसका निकायहरु पनि बलियो हुनुपर्ने बताए ।
उनले राज्य असफल हुन थालेको र सरकार पनि बलियो नरहेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने बताए । उनले नेपालमा बलियो सरकार र त्यसका निकायहरु बलियो नभएको अवस्थामा नोटबन्दी गर्दा ब्याकफायर हुने डर रहेको बताएका थिए ।
कार्यक्रममा सर्वोच्च अदालतका अधिवक्ता डा. जयमंगल प्रसाद जयसवालले नेपालमा नोटबन्दीबारे बहस हुनु सकारात्मक रहेको बताएका थिए । उनले नोटबन्दीबारे सूक्ष्म अनुसन्धान हुनुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्